व्यावसायीको हितमा काम गर्न अर्जुन पोखरेल प्यानल
पाेखरा | भदौ १५, २०७९
पोखरा । नयाँ काम गर्नका लागि कुनै न कुनै भिजन आवश्यक छ । पोखराका उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा भिजनको वा नयाँ दृष्टिकोणको खाँचो रहेको उद्योगी व्यावसायीहरुको माग छ ।
अघिल्ला नेतृत्वहरुले गर्न खोजेपनि कछुवा गतिमा काम गर्दा गर्दै २ वर्ष कार्यकाल सकाएको उनीहरुको आरोप छ । आसन्न भदौ २४ र २५ गते हुने महाधिवेशनमा नयाँ नेतृत्व हात पार्न कस्सिएको अर्जुन पोखरेल प्यानल चुनावी घरदैलोमा निस्कदा गरिएका व्यावसायीहरुले यस्तै गुनासो गरिरहेका थिए ।
पोखरा १० रामबजारको नारायण प्रोभिजनलको सञ्चालक नारायण श्रेष्ठ पनि नयाँ र युवा जोस भएको नेतृत्व चाहान्छन् । तर, नेतृत्व लिएर मात्र नहुने सानादेखि ठूला व्यावसायीहरुको समस्या संवोधन गर्न सक्ने हुनुपर्ने उनको माग थियो । ‘अर्जुन जीले राम्रो टिम बनाएर हिड्नुभएको छ मतदान गर्ने सबैको अधिकार हो जिताउने हराउने सबै मतदाताहरुको हातमा छ,’ उनले भने, ‘तर जितिसकेपछि भने सबैसँग फेरी समस्या सुन्न पसल पसल पुग्नुपर्छ, योभन्दा अघिकाहरु भोट माग्ने बेला आयो अनि २ वर्ष हरायो ।’ यसका लागि नयाँ सोंच भएको नेतृत्व आवश्यक रहेको भनाई थियो । अर्जुन पोखरेल आफैमा लामो समय संघमा रहेर काम गरेकाले अर्जुजदृष्टि राख्न सक्ने व्याक्ति भएको उनको धारणा थियो ।
पोखरा १० का चन्द्रकिशोर गौतम पनि संघमा जुजारु अनि नयाँ काम गर्ने व्याक्ति आउनुपर्ने धारणा राख्छन् । युवालाई नेतृत्वमा पु¥याए केही परिवर्तन अवश्य हुने उनको आँकलन थियो । उनले आफ्नो मत सक्षम र संघमा रहेर व्यापारीको हितमा काम गर्नेलाई रहने बताए ।
अर्जुन प्यानल मंगलबारको घरदैलोमा रामबजार, उत्तमचोक, बुद्धचोक अमरसिंहचोक, कालिका, चाउथे लगायत स्थानमा पुगेको थियो । साथै तीजका अवसरमा केही उद्योगी व्यावसायी घर मै हुने आँकलन गर्दै घर घरमा पुग्दै समस्या सुनेको थियो ।
व्यावसायीहरुको समस्या सुनिसकेपछि अध्यक्ष पदका आकांक्षी अर्जुन पोखरेलले व्यावसायीहरुको समस्या सम्बोधन गर्नकै लागि आफू नेतृत्वमा जान चाहेको धारणा राखे । ‘हिजो सहायक पदमा रहेका काम गरियो अब नेतृत्व लिएर संघलाई अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘नेतृत्वमा पुगेपछि व्यावसायीको समस्यालाई सही ढंगबाट समाधान गर्नुपर्छ भन्ने म र मेरो टिमको उद्देश्य हो ।’ धेरै मतदाताकोमा पुग्दा धेरैले समस्या सुनाएको जायज माग तथा समस्याहरु समाधान गर्न र माग पुरा गर्न आफू नेतृत्वमा जान चाहेको उनको भनाई थियो । आफ्नो नेतृत्वमा युवा तथा अनुभवी उम्मेदवार भएकाले उद्योगी व्यावसायीहरुको माग सम्बोधन गर्ने क्षमता राख्ने उनको भनाई थियो ।
उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।
काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ...
गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा के...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...

